बिएल संवाददाता
रामेछापको मन्थली नगरपालिका-५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन्।
सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन्। द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन्।
कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैयाँको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन्। मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रम नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अधिकारको कुरा गर्दा नागरिकले यसै गरी आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल चाँडै समृद्ध बन्ने बताए। चाह्यो भने परिवर्तन सम्भव भएको बताउँदै श्रेष्ठले यसका लागि सबै सकारात्मक सोच र व्यवहारका साथ अघि बढ्नु पर्नेमा जोड दिए।
कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्कीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता थियो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया