बिएल संवाददाता
राइस कुकर मर्मत गर्न कोठामा बोलाएर युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। उनलाई माघ २२ गते कुलेश्वरबाटै प्रक्राउ गरिएको प्रहरीले जनायो।
अस्मिताले राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाईलमा सम्पर्क गरी युवकलाई कोठामा बोलाएकी थिइन्।
कोठामा आएपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भन्दै धाक धम्की, डर र त्रास देखाइ रकम असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
अस्मिताले पीडित युवकसँग १० लाख रुपैयाँ माग गरेकी थिइन्। जसमध्ये तीन लाखको चेकसमेत लिएकी थिइन् भने बाँकी सात लाख एकहप्ताभित्र बुझाउन सहमति गराएकी थिइन्।
पक्राउ परेकी अस्मितालाई आपराधिक लाभसम्बन्धी मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया