बिएल संवाददाता
पाँच करोड मूल्यको ‘बहुमुल्य टल्किने ढुंगा दिन्छु’ भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राई छन्।
उनीहरूलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाइडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए।
प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ। विभिन्न बैंकका ३१ लाख बराबरका चार थान चेक र मोबाइल चार थानसमेत बरामद गरेको छ।
प्रहरी निरीक्षक जिसीका अनुसार उनीहरूले आफूलाई पाँच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन्।
पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया