बिएल संवाददाता
कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै स्थानीयवासीको घरमा खानतलासी गर्दै हिँड्ने दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका ३२ वर्षीय जीवन थापा छन्।
उनीहरूले माघ २४ गते आफूहरूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गरेका थिए। खानतलासीपछि १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए।
माघ २६ गते साँझ उनीहरूलाई वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया