बिएल संवाददाता
रौतहट प्रहरीले ७ वटा गाईसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी टोलीले राजपुर नगरपालिका-२ फतुवाबाट नियन्त्रणमा लिएको हो।
राजपुर नगरपालिका-२ फतुवाका बर्ष ४३ का ओहिद अन्सारी र यमुनामाई गाउपालिका-३ का बर्ष २८ को शेख सोहेब आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
नेपालबाट अबैध रूपमा गाई र बाच्छा लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए।
उनका अनुसार मानिससहित पक्राउ परेका गाईलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया