
बिएल संवाददाता
सशस्त्र प्रहरीले पर्साको विरगंजबाट अवैध लागुऔषध बरामद गरेको छ।
विरगंज महानगरपालिका-२ भगुवास्थित सीमा इलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त लागूऔषध बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदीको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्ना साथै लागूऔषध छाडेर फरार भएका सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको उनले बताए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया