
बिएल संवाददाता
भारतको तेलंगाना राज्यको हैदराबादमा लिभ इन रिलेसनसिपमा रहेकी एक ३३ वर्षीया नेपाली महिलाको हत्या भएको छ।
सँगै बस्दै आएकी साथी तारा बोहराको हत्या आरोपमा भारतको प्रहरीले ३० वर्षीय नेपाली नागरिक विजय तोप्पा पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ताराको हत्या गरेर शव झोलामा राखिएको अवस्थामा जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा फेला परेको थियो।
इन्डिया टुडेले जनाए अनुसार उनीहरू नेपालको बाग्लुङका हुन्। विजय हैदराबादो एक स्थानीय रेस्टुरेन्टमा काम गर्थे। उनीहरू दुवैजना फेसबुकमार्फत साथी बनेर नजिकिँदै लिभ इन रिलेसनसम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तारा विवाहित पनि रहेको खुलेको छ। उनको दुई सन्तानसमेत रहेको बताइएको छ।
ताराको गर्भावस्थाको बारेमा विवाद हुँदा विजयले नाइलनको धागोले घाँटीमा बाँधेर हत्या गरेका थिए। हत्या आरोपितलाई पक्राउ गर्न प्रहरीले पाँचवटा विशेष टोली बनाएर खटाएको थियो।
विजयले अपराध स्वीकार गरिसकेको त्यहाँको प्रहरीले जनाएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया