बिएल संवाददाता
आफ्नै सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन्।
रामेछाप नगरपालिका-४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
कोठामा एक्लै बसिरहेको अवस्थामा लबकुमारलाई भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए।
मंगलबार साँझ घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली खटिएको थियो।
घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए।
आरोपीलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराई १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।
घटना गराएको स्वीकार गरेका भएपनि के कारणले सो घटना गराएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया