बिएल संवाददाता
रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्गलोक र धर्तीलोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ।
सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देशवाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ।
उनले भने, ‘श्री रातो मच्छिन्द्रनाथको रथयात्रा समाप्त भइसकेपछि जावलाखेलमा भोटे जात्रा देखाइसकेपछि रथजात्रा विधिवत तवरले सम्पन्न भयो भनेर स्वर्गलोक र धर्तीलोकमा खबर गर्नुपर्छ भन्ने किवंदन्ती छ। सोही बमोजिम यसको जानकारी गराउनका लागि होम गरी एक जोडी भंगेरालाई त्यहाँ छाडिएको हो। जसले स्वर्गलोकको निम्ति खबर गरिएको मानिन्छ। धर्ती लोकका लागि खबर गर्नलाई एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडेका छौं। यसको महत्व भनेको यही हो।’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया