बिएल संवाददाता
ललितपुर महानगरपालिका-१६ स्थित कोणबहालबाट प्रहरीले ११ जना जुवाडेहरूलाई पक्राउ गरेको छ।
स्थानीय प्रेम महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई जुवाको खालबाटै पक्राउ गरेको बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए।
आइतबार साँझ ललितपुर परिसरबाट खटिएको टोलीले जुवा खालमा छापा मार्ने क्रममा जुवाको खालबाट ५ लाख १९ हजार ९ सय रुपैयाँ नगदसमेत बरामद गरिएको एसपी जोशीले बताए।
जुवा खालबाट पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित, ललितपुर घर भएका रवीन्द्र दाहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, दिलेक बज्राचार्य, फुर्वा शेर्पा, कल्याण तामाङ, काभ्रे घर भएका केशव नेपाल, चितवन घर भएका वीरबहादुर वाइबा, काठमाडौँ घर भएका गोकुलप्रसाद चौलागाईं र लक्ष्मी सुब्बा छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया