
बिएल संवाददाता
ललितपुर महानगरपालिका-१६ स्थित कोणबहालबाट प्रहरीले ११ जना जुवाडेहरूलाई पक्राउ गरेको छ।
स्थानीय प्रेम महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई जुवाको खालबाटै पक्राउ गरेको बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए।
आइतबार साँझ ललितपुर परिसरबाट खटिएको टोलीले जुवा खालमा छापा मार्ने क्रममा जुवाको खालबाट ५ लाख १९ हजार ९ सय रुपैयाँ नगदसमेत बरामद गरिएको एसपी जोशीले बताए।
जुवा खालबाट पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित, ललितपुर घर भएका रवीन्द्र दाहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, दिलेक बज्राचार्य, फुर्वा शेर्पा, कल्याण तामाङ, काभ्रे घर भएका केशव नेपाल, चितवन घर भएका वीरबहादुर वाइबा, काठमाडौँ घर भएका गोकुलप्रसाद चौलागाईं र लक्ष्मी सुब्बा छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया