बुधबार, १३ अगस्ट २०२५

फेरि थपियो महरालाई म्यादः पुग्यो २५ दिनको कोटा (भिडियोसहित)

News Image
बिएल
• • •

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बिहिबार महानगरीय अपराध महाशाखाले तेस्रोपटक महरालाई म्याद थपको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद मागेपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो।

पहिलोपटक अनुसन्धान गर्न अदालतले हिरासतमा परेको दिनदेखि लागू हुनेगरि १३ दिनको म्याद दिएको थियो।

त्यस्तै दोस्रो पटक भने पाँच दिन म्याद थप गरिएको थियो।

स्वास्थ्यमा समस्या देखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो।

बिहिबार, कार्तिक ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!