शुक्रबार, २२ अगस्ट २०२५

प्रधानमन्त्रीले उदघाटन गरेको विद्युतीय बस नै बेवारिसे

News Image
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस
• • •

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस नै बेवारिसे बनेका छन् । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उद्घाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएर बसेका छन् । ६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् । सरकारले समेत बस सञ्चालनमा बेवास्ता गर्दै आएको छ ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो । लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ । तर, प्रधानमन्त्रीले उदघाटन गरेका बस अहिले कम्पनीमा अलपत्र छन् ।

शनिबार, कार्तिक ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!