बुधबार, १३ अगस्ट २०२५

जर्मन क्लब वायर्न म्युनिखले दियो तिहारको शुभकामना

News Image
तस्बिरः एजेन्सी
• • •

जर्मन क्लब वायर्न म्युनिखले हिन्दू नेपालीहरुको चाड तिहारको शुभकामना दिएको छ ।

वायर्नको आधिकारिक फेसबुक पेजबाट आफ्ना नेपालमा रहेका समर्थकहरुलाई शुभकामना दिएको हो । वायर्नले भनेको छ, ‘हाम्रा सम्पूर्ण नेपाली समर्थकलाई तिहारको शुभकामना छ ।’

 बुन्डेस लिगा फुटबलमा बायर्नले शनिबार राति मात्रै युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । बायर्नले ९ खेलबाट पाँच खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १८ अंक बनाएको छ ।

आइतबार, कार्तिक १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!