वीरगंजको रजत जयन्ती चोकबाट ३ हुण्डी कारोबारी पक्राउ

बिएल

पर्सा प्रहरीले वीरगंजको रजत जयन्ती चोकबाट ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार सुगौली बजार बस्ने २२ बर्षिय विक्की कुमार, रक्सौल नागा रोड निवासी २६ बर्षिय सुधिर कुमार र ३० बर्षिय सहिद आलम रहेका छन् ।

शुक्रबार बिहान करीब साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट भारतीय नम्बरको विआर ०५ एस ३७९२, विआर०५ वि १४४४ र विआर ०६एआर ३७८९ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका बेला उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धानअगाडी बढाएको छ ।

प्रकाशित मिति: : 2019-11-08 16:47:06

प्रतिकृया दिनुहोस्