बुधबार, १३ अगस्ट २०२५

हुम्लाको खार्पुनाथमा कांग्रेसकाे अग्रता

News Image
प्रतिकारत्मक तस्बिर
• • •

हुम्लाको खार्पुनाथ गाउँपालिका भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । करीव आधा मत गणना सकिदाँ नेपाली कांग्रेस ४९ मतको अग्रता लिएको छ।

कांग्रेसका तारा शाहीले ६९६ मत पाएका छन्। यस्तै नेकपाका रुपा शाहीले ६४७ मत पाएकी छिन्।

यता,राप्रपा संयुक्तका दीपबहादुर शाहीले ४ मत पाएका छन्। ४ मत भने बदर भएको छ।

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मत खसेको छ। कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९ मत खसेको हो।

गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

आइतबार, मंसिर १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!