महिलाबिनाको मञ्चलाई नाइँ

संयुक्त राष्ट्रसंघीय महासन्धि (सिड) कमिटीकी उपाध्यक्ष वन्दना राणा | तस्वीर:रिवाज राई

काठमाडौं–पुरुषैपुरुषले भरिएको मञ्चको दृश्यले सधैं मेरो आँखा बिझाउँथ्यो। लाग्थ्यो–कुनै अर्को ग्रहबाट नेपाल आउनेले त यो देशमा महिला नै छैनन् रहेछ भन्ने सोच्दा हुन्!

महिलाकै विषयसँग सम्बन्धित मञ्चमा महिला देखिने, तर राजनीति, व्यापार वा विज्ञानसम्बन्धी विषयमा महिला देखिँदै नदेखिने! मानौं, राजनीति र व्यापारजस्ता विषयमा महिलाको सरोकार नै हुँदैन। मानौं, महिलाको विचार पनि पुरुषले नै बोल्दिन सक्छ।

केही वर्षयता यो कुरो मेरा मनमा खट्किरहेकाे थियाे।

नेपालमा ५१ प्रतिशत महिला छन्। यसको अर्थ हो – यो देशमा लागू हुने हरेक नीति–कार्यक्रमले महिलालाई प्रभावित पारेकै हुन्छ। यी नीति–कार्यक्रममा महिलाको दृष्टिकोण फरक पनि हुनसक्छ। किनकि, उनीहरूको भोगाई फरक हुनसक्छ। तर, महिलाको दृष्टिकोण प्रतिविम्बित गर्न पूर्ण रुपमा पुरुषमै भर पर्नुपर्ने? यो प्रश्नले मेरो मन असाध्य पोल्थ्यो।

भिडियाे

 

प्रकाशित मिति: : 2019-05-04 08:02:12

प्रतिकृया दिनुहोस्