बिहिबार, २८ अगस्ट २०२५

‘घुर्नु समस्या मात्र होइन रोग पनि’

News Image
तस्बिरः गोरखापत्र
• • •

काठमाडौँ, असोज १४ गते । निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो । उहाँले भन्नुभयो, “घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुनासो छैन, मोबाइलमा भिडियो खिचेर देखाएकी थिइन्, त्यो सुन्दा त म आफैँ पनि तर्सें !”

यो समस्या कार्कीको मात्र होइन, घरघरकै समस्या हो । मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गर्छन् । अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ । धेरैलाई घुर्ने समस्या रोग हो भन्ने जानकारी पनि नभएको पाइएको छ । कार्कीले उपचारका लागि कुनै पनि चिकित्सककहाँ नगएको र यो रोग हो भनेर आफूलाई जानकारी नभएको बताउनुभयो । यस्तै स्नातक दोस्रो वर्षमा अध्ययनरत नविता थापा साथीहरूसँग शैक्षिक भ्रमणमा धादिङ जाँदा बल्ल थाहा भयो, “उहाँले घुरेका कारण साथीहरूको निद्रा गायब नै भयो भन्ने ।” साथीहरूसँग एउटै कोठामा सुत्नु परेको थियो, उहाँ घुरेकै कारण साथीहरू सुत्न नै सकेनछन् ।

मंगलबार, आश्विन १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!