शुक्रबार, २२ अगस्ट २०२५

२३ वर्षदेखि महाकालीको स्रोत विवाद

News Image
• • •

काठमाडौं : भारतसँग महाकाली सन्धि भएको २३ वर्ष भयो। उत्ति नै समय भयो महाकाली नदीको स्रोतको कुरा औपचारिक रूपमा उठेको। तर, भारतले नेपाली भूभाग लिम्पियाधुरासहित भूभाग समेटेर आफ्नो नक्सा निकालेपछि नेपालमा नेताहरूबीच आरोप÷प्रत्यारोप चलेको छ। भारतसँग सन्धि गर्न भूमिका रहेका तिनै नेता ‘जुहारी’ खेलेर समस्या सल्टाउने जिम्मेवारीबाट पन्छिन नमिल्ने जानकार बताउँछन्।

नेपालले २०५३ असोज ४ गते उक्त सन्धि अनुमोदन गरेको थियो। त्यस बेला कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए। देउवा नेतृत्वको सरकारले एमालेको समर्थनमा भारतसँग सन्धिमा हस्ताक्षर गरेको थियो। तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेता थिए।

सोमबार, मंसिर २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)