बिहिबार, २८ अगस्ट २०२५

अक्रममाथि म्यानचेस्टर विमानस्थलमा दुर्ब्यवहार

News Image
Agency
• • •

पाकिस्तानका पूर्व तीब्र बलर वासिम अक्रमले बेलायतको म्यानचेस्टर विमानस्थलमा आफूमाथि खराब व्यवहार भएको आरोप लगाएका छन्।

पाकिस्तानका पूर्व कप्तान अक्रमले विमानस्थलका कर्मचारीले मंगलबार विमानस्थलमा आफ्नो औषधी फोहोर फ्याँक्ने ठाउँमा फ्याँक्न लगाएको आरोप लगाए। उनले आफू ‘डाइबेटिज’ को बिरामी भएको र लामो समयदेखि ‘इन्सुलिन’ बोकेर हिड्ने गरेको बताउँदा पनि कर्मचारीले खराब व्यवहार देखाएको र औषधी फ्याँक्न लगाएको आरोप लगाए।

अक्रमले आफूमाथि भएको दुब्र्यवहारको जानकारी सोशल मिडियामार्फत दिएका थिए। उनले १९९७ देखि आफूले टाइप–१ डाइबिटिजको उपचार गराइरहेको बताए। अक्रमलाई दिनमा धेरै पल्ट इन्सुलिन लिनुपर्छ।

अक्रमले ट्वीट गरे, ‘म्यानचेस्टर विमानस्थलमा मेरो दिल टुट्यो। म विश्वभरी इन्सुलिन बोकेर यात्रा गर्छु। तर, आज यहाँ जुन घटना भयो यसले मेरो मन दुःखेको छ। म अपमानित महसुस गरिरहेको छ। मसँग निकै नराम्रोसँग कुरा गरे।’

५३ वर्षीय अक्रमले इंग्ल्यान्ड र वेल्समा जारी १२ औं विश्व कपमा कमेन्टेटरको भूमिका निर्वाह गरेका थिए। उनले पाकिस्तानबाट १ सय ४ टेस्टमा ४ सय १४ विकेट लिएका छन्। ३ सय ५६ मा एकदिवसीयमा ५ सय २ विकेट लिएका छन्।

बुधबार, श्रावण ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!