बिहिबार, २१ अगस्ट २०२५

बलिउड फिल्मले ६ महिनामा गर्यो २००० करोडको व्यापार

News Image
Agency
• • •

बलिउडका लागि पछिल्लो ६ महिनाको अवधि निकै सुखद बन्न पुगेको छ। सन् २०१९ को आधा वर्षमा बलिउडले २ हजार करोड रुपैयाँको व्यापार गरेको छ। यसमा ८ वटा फिल्मले एक सय करोडभन्दा बढी आम्दानी गरेका छन्।

बलिउडका व्यापार विश्लेषक अतुल मोहनले एउटा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘अघिल्लो ६ महिनामा बलिउड फिल्मले जुन किसिमले व्यापार गरेको छ। पछिल्लो ६ महिना पनि कायम रहेको खण्डमा गत वर्षभन्दा यस पालि १५ देखी २० प्रतिशतले फिल्मको व्यापार बढ्ने छ।’

गत वर्ष बलिउड फिल्मले ३ हजार करोडको आम्दानी गरेको थियो। यस वर्ष ठूलो बजेटको फिल्मभन्दा मध्य बजेटको फिल्मले सफलता पाएका छन्। ‘कलंक’ जस्तो मल्टी स्टार फिल्म फल्प भएको थियो। यस्तै, स्टुडेन्ट अफ दि इयर–२ पनि फल्प भयो। कलंकको बजेट १ करोड ५० लाखको थियो। यसले ८० करोडको मात्र व्यापार गर्यो।

कम बजेटमा बनेको ‘उरीः द सर्जिकल स्ट्राइक’ हिट भएको थियो। ४५ करोडमा बनेको यो फिल्मले भारतमा मात्र २ सय ४५ करोड आम्दानी गरेको थियो। हालै रिलिज भएको कबीर सिंहको बजेट ४५ करोड थियो। अहिले फिल्मको आम्दानी २ सय ५० करोडको हाराहारीमा पुगेको छ। अमिताभ बच्चन र तापसी पन्नुले अभिनय गरेको बदला १० करोडमा बनेको थियो। तर, फिल्मले ८८ करोडको व्यापार गर्यो।

आइतबार, असार २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)