शुक्रबार, २२ अगस्ट २०२५

राजनीतिक स्थीरता भएकाले नेपालमा लगानीको वातावरण बनेको छ: परराष्ट्रमन्त्री ज्ञवाली

News Image
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।
• • •

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी गरेका छन् । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ ।

पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ । नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’

कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन् ।

मंगलबार, भाद्र ३१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)