शुक्रबार, २२ अगस्ट २०२५

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

News Image
बिएल
• • •

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा.भगवान कोइराला, डा.धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेलकाृे नाम सिफारिस गरेको हो ।तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ । त्रिविको उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए ।

डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालैमात्र अवकास पाएका थिए ।डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् । उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो ।

यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

शुक्रबार, आश्विन १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)