दोस्रो अन्नपूर्ण म्याराथन भव्यताका साथ सम्पन्न

तस्बिरः बिएल

काठमाडौं, जेठ २०

‘टुरिजम फर अल सिजन’ भन्ने मूल नाराका साथ दोस्रो अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ।

४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरूवात भएर माछापुच्छ्रे आधारशिविर हुँदै बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय मिटर उचाइमा रहेको घान्द्रुकमा पुगेर म्याराथन समापन भएको हो ।

आयोजक अन्नपूर्ण सेन्चूरी पर्यटन समिति तथा अन्नपूर्ण काठमाडौं समाजले संयुक्त रुपमा आयोजना गरेको म्याराथन प्रतियोगितामा डोटीका जर्सी नम्बर ३३ का खगेन्द्र बहादुर भाट प्रथम भए।

त्यस्तै हरि रिमाल दोस्रो, गोपाल तामाङ तेस्रो र सचिन गुरुङ चौथो भए।

विजेताले १ लाख ५ हजार पुरस्कार रुपैयाँ प्राप्त गरे भने दोस्रो हुनेले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैठौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ प्राप्त गरेको आइजकले जनाएको छ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नगद, सिल्ड कप तथा प्रमाणपत्रबाट सम्मान गरेका थिए।

उक्त कार्यक्रमको समापन मन्त्री विश्वकर्माले म्याराथन पर्यटन प्रवर्धन गर्नका लागि महत्वपूर्ण रहेको भन्दै खेलकुद क्षेत्रको विकासमा मन्त्रालयले गर्नुपर्ने काम सशक्त ढंगले निर्वाह गर्ने बताए।

सहआयोजक संस्थाका कोषाध्यक्ष तथा म्याराथन आयोजक संयोजक ऋषिराम भण्डारीले स्थानीयस्तरमा पर्यटन विकास गर्न म्याराथन आयोजना गरिएको बताउँदै विदेशीकोसमेत सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन भएको बताए।

उनले आगामी दिनमा घान्द्रुकका स्थानीयको समेत सहभागितामा अझ बृहत कार्यक्रम आयोजना गरिने बताए।

अन्नपूर्ण घान्द्रुक क्षेत्रका बिभिन्न झाँकी प्रश्तुत गरिएको कार्यक्रममा ५६ जना देशी तथा बिदेशी धावकसहित हजारौंको सहभागिता ‌थियो। 

प्रकाशित मिति: : 2019-06-03 17:55:18

प्रतिकृया दिनुहोस्