
भारतको विश्व कप जित्ने अभियानमा न्युजिल्यान्ड तगारो बनेको छ। बर्षाका कारण मंगलबार स्थगित भएको खेलमा आज न्युजिल्यान्डले २ सय ४० रनको लक्ष्य भारत सामु प्रस्तुत गरेको थियो।
तर, भारतले २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ। भारतका लागि सर्वाधिक रन बनाउने रोहित शर्मा र कप्तान विराट कोहली आउट भइसकेका छन्। अर्का प्रारम्भिक ब्याट्सम्यान केएल राहुल पनि पवेलियन फर्किसकेका छन्।
भारतले १० ओभरमा २४ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ। माट हेनरी घातक सावित भएपछि भारत दबावमा देखिएको छ। प्रारम्भिक ब्याट्सम्यानद्धय राहुल, रोहित र दिनेश कार्तिकको विकेट हेनरीले लिएका थिए। राहुल, रोहित र विराट १–१ रनमा आउट भए। विराटलाई ट्रेन्ट बोल्टले एलबिडब्लुको धरापमा पारे।
कार्तिक ६ रनमा आउट भए।
न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया