बिहिबार, २१ अगस्ट २०२५

च्याम्पियन्स लिगः ओलम्पियाकोससँग टोटनह्याम बराबरीमा रोकियो

News Image
तस्बिरः एजेन्सी
• • •

इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको समूह चरणअन्तर्गत आफ्नो पहिलो खेलमा ओलम्पियाकोससँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति समूह ‘बी’ को खेलमा घरेलु टोली ओलम्पियाकोसले टोटनह्यामलाई २–२ गोलको बराबरीमा रोकेको हो ।खेलको २६औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलको ३०औं मिनेटमा लुकास मउराले गोल गरेपछि टोटनह्यामले २–० गोलको अग्रता बनाएको थियो ।

तर खेलको ४४औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै ओलम्पियाकोसलाई २–१ गोलको स्थितिमा ल्याए । खेलको ५४औं मिनेटमा माथिउ भल्बुइनाले गोल गर्दै ओलम्पियाकोसलाई २-२ गोलको बराबरी दिलाएका हुन् ।

त्यस्तै, यसै समूहमा भएको खर्को खेलमा बायर्न म्युनिखले क्रेभेना भेज्दालाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

बिहिबार, आश्विन ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!