शुक्रबार, २२ अगस्ट २०२५

बेलायतमा टोरी नेताका लागि जोन्सन र हन्टबीच प्रतिस्पर्धा

News Image
• • •

बेलायतमा टोरी नेताका लागि बोरिस जोन्सन र जेरेमी हन्टबीच प्रतिस्पर्धा हुने भएको छ । 

टोरी नेता छान्नका लागि भएको दोस्रो चरणको चुनावमा जोन्सन र हन्ट टोरी सांसदहरूको सबैभन्दा बढी मत ल्याउन सफल भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । 

हाउस अफ कमन्समा रहेका कन्जरभेटिभ पार्टीका ३१३ सांसदबीच गरिएको मतदानमा जोन्सनले १६० मत पाए भने हन्टले ७७ मत । ७५ मत प्राप्त गरेका माइकल गोभ प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

अब कन्जरभेटिभ पार्टीका एक लाख ६० हजार सदस्यले जुलाई २२ मा हुने चुनावमा दुईमध्ये एक नेता छान्नेछन् । 

ब्रेक्जिट मुद्दामा सहमति जुटाउन नसेपछि प्रधानमन्त्री टेरेजा मेले राजीनामा दिएपछि बेलायतमा सत्तारूढ टोरी नेता चयन प्रक्रिया सुरू भएको हो । बेलायतमा सत्तारूढ दलको नेता नेै प्रधानमन्त्री हुने भएकाले यी दुईमध्ये एक नै बेलायको नयाँ प्रधानमन्त्री बन्नेछन् । 

शुक्रबार, असार ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!