बेलायतमा डिसेम्बर १२ मा आमचुनाव : 'बोजो' कि 'जेको' ?

बोजो: जसका लागि जीवन मरणको प्रश्न बनेको छ डिसेम्बर १२ को चुनाव ।तस्बिर : एजेन्सी

बेलायतमा आगामी डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने लगभग तय भएको छ। 

ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले पास गरेको निर्वाचनसम्बन्धी विधेयक माथिल्लो सदन हाउस अफ लर्ड्समा पुगेको छ । त्यहाँ विधेयक पारित हुने औपचारिकता पूरा भएपछि विधेयक कानुन बन्छ र बेलायतमा चुनावको ढोका खुल्छ ।

समयअगावै आमनिर्वाचन गराउन प्रधानमन्त्री बोरिस जोनसनले राखेको प्रस्तावको पक्षमा ४३८ र विपक्षमा २० मत खसेको थियो । 

यो पनि पढ्नुहोस् 
यो अमेरिकी 'युद्ध-नायक' हो, तर नाम चाँहि लिन पाइँदैन !

चुनावको पक्षमा जोनसनको कन्जरभेटिव पार्टी मात्र हैन विपक्षी लेबर पार्टीका नेता कोर्बिनसहित १२७ लेबर सांसद पनि सहमत भए । 

दुबै पार्टी आआफ्नो पक्षमा जनमत आउने आशाका साथ चुनावमा होमिन तयार भएका हुन् ।

प्रधानमन्त्री जोनसनले आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

उता, प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन "मुलुकलाई रुपान्तरण गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तै भएको बताएका छन् । उनले बेलायती जनताले आफूलाई ब्रेक्जिट समस्या हल गर्न मौका दिनेमा विश्वास व्यक्त गरे ।

बेलायतमा ठीक अढाइ वर्षमा हुन लागेको यो चुनावका लागि पाँच साताको प्रचार प्रसार समय रहनेछ ।

बेलायतमा सन् १९२३ पछि डिसेम्बरमा चुनाव हुन लागेको यो पहिलो पटक हो । 

प्रकाशित मिति: : 2019-10-30 08:51:45

प्रतिकृया दिनुहोस्