'सीआईएका जासुसलाई मृत्युदण्ड दिइएको' इरानी दाबी अमेरिकी राष्ट्रपतिद्वारा खारेज

सीआईएका एजेन्टलाई मृतयुदण्ड दिएको इरानी आरोप ठाडै खारेज गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प । तस्बिर : फाइल- एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'सीआईएका जासुसलाई मृत्युदण्ड दिइएको' इरानको दाबीलाई 'पूर्णत: झूटो' भएको बताएका छन् । उनले इरानी आरोपका लागि रोष प्रकट गर्दै यस्तो भ्रम नछर्न चेतावनी पनि दिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । 

यसअघि इरानले  अमेरिकी गुप्तचर निकाय सीआईएको लागि काम गरिरहेका १७ जना जासुसहरूलाई पक्राउ गरेको र  केहीलाई मृत्युदण्डको सजाय दिइएको घोषणा गरेको थियो । 

इरानी सरकारी सञ्चारमाध्यममार्फत गरिएको घोषणामा मार्च २०१९ यता ती आरोपित गुप्तचरलाई पक्राउ गरिएको जनाइएको थियो । 

इरानको गुप्तचर हेर्ने मन्त्रालयले संदिग्ध व्यक्तिहरू महत्त्वपूर्ण मानिने सेना र परमाणु गतिविधि सम्बन्धी जानकारी सङ्कलन गरिरहेको आरोप लगाएको थियो । 

उनीहरूमध्ये कतिपयलाई लामो जेल सजाय सुनाइएको दाबी पनि इरानले गरेको बीबीसीले जनाएको छ । 

हालैका हप्ताहरूमा वासिङटन र तेहरानबीच तनाव चुलिएको छ।

राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्राष्ट्रिय परामाणू सम्झौता खारेज गर्दै इरानमाथि आर्थिक प्रतिबन्धको  घोषणा गरेपछि अमेरिका र इरानबीचको सम्बन्ध तनावग्रस्त भएको छ । यही क्रममा एकले अर्काको ड्रोन खसालेको दावी पनि गरेका छन् । 

प्रकाशित मिति: : 2019-07-23 19:08:16

प्रतिकृया दिनुहोस्