केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १२ यात्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।
बिहीबार राति भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।
किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा राति करिब ११ बजे दुर्घतना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उहाँले बताउनुभयो ।
दुर्घटना हुँदा बसमा ५१ जना यात्रु रहेका थिए भने दुबै सवारीका चालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया