चोभारमा पाँचतारे होटेलसिहत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चोभारमा रहेको सरकारी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गर्ने योजना अघि सारेको छ। पर्यटन मन्त्रालयले सो सम्मेलन केन्द्रमा लगानी गर्न बैंकसँग प्रस्ताव राखेको छ।

सोमबार नेपाल भ्रमण वर्षको तयारीका सम्बन्धमा बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उक्त प्रस्ताव राखिएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले वानकारी दिए। 

चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको छ। त्यहीँ खाली बसेको जग्गामा एकसाथ ठूलो संख्यामा मानिस अट्नेगरी अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने प्रस्ताव अघि सारिएको छ। उनले भने

उनका अनुसार उक्त सम्मेलन केन्द्र बनाउन करिव ८/१० अर्ब लगानी लाग्नेछ। 

सचिव अधिकारीका अनुसार चोभारमा अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित दुई वटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा छ। एकसाथ १ हजारभन्दा बढी सवारी साधन पार्किङको व्यवस्थापन गर्न सकिन्छ। साथै, १ लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने अधिकारीले बताए।

कार्यक्रममा मुलुकभित्र पर्यटक आगमन बढाउने हो भने पूर्वाधार विकासमा ध्यान दिन बैंकरले सरकारको ध्यानाकर्षण गराएका थिए। निर्माणको अन्तिम चरणमा रहेका विमानस्थललाई छिटो पूरा गर्न र निजगढ विमानस्थलको निर्माण थाल्न उनीहरुले सरकारलाई सुझाव दिएका छन्।
 

प्रकाशित मिति: : 2019-12-24 04:55:02

प्रतिकृया दिनुहोस्