शुक्रबार, २२ अगस्ट २०२५

भारतमा भ्रष्टाचार मुद्धामा तीन न्यायाधीश बर्खास्त

बिएल संवाददाता

बिएल संवाददाता

मद्रास, पुस ७
News Image
• • •

अनियमितताको आरोपमा तीन न्यायाधीशलाई मद्रास उच्च अदालतले पदबाट बर्खास्त गरेको छ। यी बाहेक आठ जनाको पद्धोन्नतिमा रोक लगाइएको छ। 

पहिलो पल्ट उच्च अदालतले जिल्लाका न्यायाधीशलाई भ्रष्टाचारको मुद्धामा निलम्बन गरेको हो। उनीहरू माथि कडा निगरानी राख्न पनि आदेश दिइएको छ। 

हाल मद्रास उच्च अदालतको मुख्य न्यायधीशमा संजय किशन कौल नियुक्त छन्। उनकै नेतृत्वमा न्यायाधीशमाथि अनियमितताको आरोप लागेपछि कार्यवाही गरिएको हो। 

नमक्कलका पूर्व सहायक जिल्ला न्यायाधीश एस मंविक्षी विरूद्ध पनि मुद्धा दायर गरिएको छ। उनलाई सेवानिवृत्त भन्दा पनि आर्थिक अनियमिततामा मुद्धा चलाउन मुख्य न्यायाधीशले स्विकृति प्रदान गरेका हुन्। 

मंविक्षिलगायत दुई जिल्ला न्यायाधीश विजयकुमार र टि पोनप्रकाश पनि यसमा समावेश छन्। विजयकुमारलाई अनियमितताको मुद्धामा २०१५ मै निलम्बन गरिएको थियो। पोनप्रकाशले २०१७ मा सेवानिवृत्तका लागि दर्खास्त हालेका थिए। जुन अस्विकृत भएर उनलाई पनि मुद्धा चलाइएको हो। 
 

मंगलबार, पौष ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)