शुक्रबार, २२ अगस्ट २०२५

गोरखामा जीप दुर्घटना, ५ यात्रु घाइते

News Image
• • •

पालुङटार नगरपालिका–६ बुढीचौरमा मंगलबार जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन्। बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो।

घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ।

उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ। घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको ट्राफिक हवल्दार चुनबहादुर चिडीले बताए। जीप र चालक प्रहरी नियन्त्रणमा छन्।

बुधबार, पौष ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)