टेष्ट वरियतामा कोहली शीर्ष स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरियता  भारतीय कप्तान विराट कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन्।

कोहलीको ९ सय २८ रेटिंग अंक रहेको छ।

उनी अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी छन्। न्युजिल्याण्डका कप्तान केन विलियम्बु ८ सय ६४ अंक सहित तेस्रो स्थानमा छन्।

चेतेश्वर पुजारा ७ सय ९१ ऋंक सहित चौथो स्थानमा यथावत छ। आजिन्क्या रहाणे सातौं स्थानमा झरेका छन्। उनको स्थान पाकिस्तानका बाबर आजमले लिएका छन्। उनले तीन स्थान सुधार गर्दै छैटौ स्थानमा उक्लिएका हुन्। उनको करियरको उच्चतम वरियता प्राप्त गरेका हुन्।

टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका पेट कमिन्स शीर्ष स्थानमा छन्। भारतीय स्टार जसप्रित बुमराह छैटौ स्थानमा छन्। बुमराह चोटका कारण दक्षिण अफ्रिकाविरुद्वको सिरिज बाहिर छन्।

टेष्ट अलराउण्डरमा वेस्ट ईन्डिजका जेसन होल्डर शीर्ष स्थानमा छन्। रविन्द्र जडेजा दोस्रो स्थानमा रहेका छन्।

टेष्टको विश्व वरियतामा भारत शीर्ष स्थानमा रहदाँ अष्ट्रेलिया दोस्रो, पाकिस्तान तेस्रो, श्रीलंका चौथो, न्युजिल्याण्ड पाँचौ र ईङ्ल्याण्ड छैटौ स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-25 20:19:09

प्रतिकृया दिनुहोस्