बिएल संवाददाता
अल ईन्डिया राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शनिवार गोवामा उद्घाटन गरिएको छ। अल ईन्डिया तेक्वान्दो हेड कोच प्रकाश जैगडी तथा कांग्रेस आई भारतका वरिष्ठ नेता, संसद, पूर्व लोकसभा सभामुख फ्रान्सिस सर्दिनाहा, स्वयी पार्टीका केन्द्रीय नेता पुर्व कानुनमन्त्री रमाकान्त खलिफाको प्रमुख उपस्थितिमा कार्य क्रमको भव्य उद्घाटन भएको हो।
समारोहमा विभिन्न राज्यबाट उपस्थित खेलाडीलाई समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पाली, वरिष्ठ पत्रकार प्रभाकर ढगे र गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले सम्मान पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता तिनदिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ। उद्घाटन सभामा बोल्दै फ्रानसिस् सर्दिनाहाले भारतको विकास र समृद्धिको लागि तेक्वान्दो खेल पनि एक प्रमुख हिस्सा भएको जिकिर गरे। उनले समग्र खेल जगतलाई विकास गर्नुपर्नेमा जोड दिए।
अल ईन्डिया तेक्वान्दो हेड कोच जैगडिलाई विषेश धन्यवाद दिँदै, उनले तेक्वान्दो खेल मार्फत भारतलाई प्रकाशले अन्तर्राष्ट्रिय स्तरमा धेरै मेडल र गोल्ड मेडल जिताएकोमा खुसी व्यक्त गरे।
उद्घाटन समारोह अफईन्डिया तेक्वान्दोका अध्यक्ष राजेन्द्र बालन र रचना चौंरासियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट उपस्थित तेक्वान्दो खेलाडीलाई विषेश प्रशिक्षण दिएका थिए।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया