शुक्रबार, २२ अगस्ट २०२५

देशका विभिन्न ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना

News Image
• • •

 देशका विभिन्न ठाउँमा आज बिहीबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिइन्।

शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ। तर लगातार झरीको सम्भावना भने नरहेको उनले बताइन्।  

उनका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ।
 

बिहिबार, पौष १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)