शुक्रबार, २२ अगस्ट २०२५

मेसी र सुआरेज बाल अस्पतालमा

एपी

एपी

बार्सिलाेना
News Image
• • •

अंग्रेजी वर्षको शुभारम्भसँगै बार्सिलोनाका दुई दिग्गज लिओनल मेसी र लुइस सुआरेजले आइतबार बाल अस्पतालको भ्रमण गरेका छन्। 

मेसी र सुआरेजले बार्सिलोनास्थित कासा रोनाल्ड म्याकडोनाल्ड अस्पतालमा बिरामी तथा उनीहरूको परिवारसँग भेटघाट गरे। बार्सिलोनाका दुई स्टार खेलाडीलाई आफू नजिकै भेटेका विरामी तथा उनीहरूको परिवार खुसीले गदगद भएका थिए।

मेसी र सुआरेजसँग फोटो खिच्न अस्पताल वरिपरि भिड लागेको थियो। सयौं समर्थक उनीहरूलाई छुन तछाडमछाड गरिरहेका थिए। 

मेसी र सुआरेजसँग बार्साका अन्य स्टार खेलाडी अन्सु फाटी र आन्टोन ग्रेजम्यान पनि समावेश थिए। 
 

मंगलबार, पौष २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)