
एजेन्सी
पाकिस्तानमा एउटा घटनाले स्थानीय डाक्टर पनि चकित परेका छन्। कराचीको एउटा अस्पतालमा डाक्टरले मृत्य घोषित गरेको एक महिला अन्तिम संस्कार गर्ने बेला बुधबार उठेपछि सबैको होस उडेको थियो।
५० वर्षीय राशिदा बिबीलाई कराचीस्थित अब्बासी शहीद अस्पतालले मृत घोषित गर्दै उनको परिवारलाई ‘डेथ सर्टिफिकेट’ थमाएकाे थियो।
डाक्टरहरूको निर्णयपछि परिवारले राशिदाको मृत्य शरीरलाई इस्लाम धर्मअनुसार माटोमा गाड्नुअघि नुहाउन लगेका थिए। तर, यति नै बेला चमत्कार भएको पाकिस्तानबाट प्रकाशित समाचार एक्सप्रेस ट्रिब्युनले बताएको छ।
राशिदाका परिवारजन सबानाले बताइन्, ‘लासलाई सफा गरिरहेको बेला उनको शरीर हल्लिएको महसुस भयो। हामीले पनि उनको नसा समात्यौं। यति बेला उनले स्वास फेरिरहेकी थिइन। हामीले तुरुन्त उनलाई सोही अस्पतालमा पुनः भर्ति गरायाै।’
अहिले राशिदाको उपचार भइरहेको छ। डाक्टरले हतारमा उनी मृत भएको सर्टिफिकेट जारी गरेको आशंका गरिएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया