उत्तर कोरियासँगको सम्वन्धबारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी

तस्बिर : एजेन्सी

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गरेका छन्।

दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भएता पनि चाडै नै नयाँ चरणमा छलफलहरु हुने विश्वास व्यक्त गरेका हुन्।

नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उनले दुई कोरियाको सम्वन्धमा केही कठिनाई भएपनि सुधार हुने बताए।

वार्ताबाट नै आपसी सम्वन्ध सुधार्न सकिने र अव त्यसतर्फ फेरी आफूले जोड दिने उनले जानकारी दिए। राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्वन्धहरु सकारात्मक ढंगले अगाडी बढ्छन् भन्ने विश्वासमै रहेको बताए।

उनले दुई कोरिया बीचको आपसी सम्वन्ध र उत्तर कोरियासँग अमेरिकाको सम्वन्धमा निराशा भइहाल्नु पर्ने अवस्था नरहेको बताए।

मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन्।

गत दुई वर्षमा भएका तीन ओटा शिखर बैठकपछि सम्वन्ध सामान्य अवस्थामा रहेकाले यस बर्षपनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ।

विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रुपमा हेर्दै आएका अमेरिका र उत्तर कोरियाले सम्वन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुदै आएको छ।

प्रकाशित मिति: : 2020-01-14 22:12:46

प्रतिकृया दिनुहोस्