शुक्रबार, २२ अगस्ट २०२५

‘लभ डायरीज’ को ट्रेलर रिलिज

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

‘लभ डायरीज’ को ट्रेलर रिलिज गरिएको छ। फागुन २ गते अर्थात भ्यालेन्टाइनमा रिलिज हुने चलचित्रमा सुशील श्रेष्ठ तथा रुविना थापाको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सिनेमामा कथा, पटकथा मधु बास्तोलाको छ।

विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर पनि निर्माता छन् । साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रमा उनकै सम्पादन छ। संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।

चलचित्रमा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
 

मंगलबार, माघ ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!