आखिर कस्तो छ लिम्पियाधुरा ?

लिम्पियाधुरा नटेकेपनि यो नाम धेरैका निम्ति परिचित छ । भारत-नेपालको सीमानाबारे जब-जब चर्चा चल्छ, लिम्पियाधुराको प्रसंग आइहाल्छ । यो नाम सुनिरहँदा कतिपयलाई लाग्नसक्छ, आखिर कस्तो होला लिम्पियाधुरा ?

पूर्वको कञ्चनजंगादेखि सुदूरपश्चिमलाई समेटेर साहसिक पदयात्राको रेखांकन गरिएको छ, जसको नाम हो, द ग्रेट हिमालयन टेल । यही टेलको अन्तिम विन्दु हो लिम्पियाधुरा । कर्णाली प्रदेशको हुम्लामा जन्मेका कारण सीमानाका विषयमा चासो थियो मलाई । त्यही चासोले डोहोर्‍याउँदै लिम्पियाधुरासम्म पुर्‍यायो । त्यसो त म आफै पर्यटन क्षेत्रम सम्बद्ध व्यक्ति ।

दुई दशकदेखि पर्यटन क्षेत्रमै क्रियशील छु । आफ्नो पेश-व्यवसायसँग मिल्दो भएकाले पनि यात्रा गर्नु सहज र आनन्द लग्छ मलाई । यात्रा कसरी गर्ने भन्ने कुराको आधारभूत ज्ञान भएकाले मलाई घर छाडेर यात्रामा निस्कन खास गाह्रो भएन ।

कर्णाली क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोहण गरेको अनुभव छ र विश्वकै सबैभन्दा साहसिक पदमार्गको रुपमा रहेको ग्रेट हिमालयन टेल अर्थात पूर्वको कञ्चनजंगादेखि पश्चिमको दार्चुलासम्म पदयात्रापनि गरिसकेको अनुभव छ । त्यही अनुभवको कारण यसपाली लिम्पियाधुरासम्म यात्रा गर्ने जोश चल्यो ।
 

प्रकाशित मिति: : 2020-01-26 07:03:18

प्रतिकृया दिनुहोस्