शुक्रबार, १९ सेप्टेम्बर २०२५

अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

उनीहरुका अनुसार अरु सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन्। त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ। 

ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराईजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर बर्षा भएको जनाएको छ।  

कार्यालयका अधिकारीहरुका अनुसार विगत ११० बर्षभरीमा बर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ।

सोमबार, माघ १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!