बिहिबार, २८ अगस्ट २०२५

साहुको ऋण तिर्न धमाधम जग्गा बेच्दै उखु किसान

रोहित महतो

रोहित महतो

काठमाडौँ
News Image
तस्बिर : नेपालन्यूज
• • •

सर्लाही बसबरिया गाउँपालिका-३ का उखु किसान सूर्यनारायण राउतलाई साहुको ऋणले उठिबास गराउला भन्‍ने चिन्ता छ। उनले चर्को ब्याजमा ६० हजार रुपैयाँ लिएर उखु खेती गरेका थिए। ‘मिटर ब्याज’मा लिएको ऋण तीन वर्षमै साँवा-ब्याज गरी ५ लाख पुगिसकेको छ। तर, उनले उखु बेचेको पैसा अझै पाएका छैनन्। साहुबाट लिएको ऋणले उनको उठिबास हुने डर छ।

उखुको भुक्तानी नपाएपछि उनले खेत बचेर साहुलाई ऋण बुझाउँदै आएका छन्। धनकौलस्थित अन्‍नपूर्ण सुगर मिल्सबाट उनले २०७३ सालदेखि २०७५ सम्म बेचेको उखुको साढे तीन लाख रुपैयाँ पाएकी छैनन्। करिब १२ दिनअघि सूर्यनारायणले ५ कट्ठा जग्गा बेचेर साहुको ऋण चुक्ता गरे। घरखर्च, औषधोपचार र छोराछोरी पढाउँदा लागेको ८५ हजार रुपैयाँ ऋण तिर्न अझै बाँकी छ।

मंगलबार, माघ १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)