शुक्रबार, २२ अगस्ट २०२५

अस्ट्रेलियन ओपन टेनिस: महिलातर्फको उपाधि २१ वर्षे केनिनलाई

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको विजेता बनेकी छिन्।

करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन्।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी केनिनले मुगुरुजालाई ४–६, ६–२ र ६–२ को सेटमा पराजित गरिन्। पहिलो सेटमा केही कमजोर देखिएकी केनिनले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पारिन्।

२१ वर्षे केनिन पछिल्ला १२ ग्राण्डस्लाममा पहिलो पटक जित्ने आठौँ खेलाडी बनेकी छिन्। यसका साथै उनी अस्ट्रेलियन ओपनको उपाधि कम उमेरमा जित्ने मारिया सारापोभापछि दोस्रो खेलाडी बनेकी छिन्।

केनिनले उपाधिसँगे चार दशमलव १२ मिलियन अमेरीकी डलर पुरस्कार पाइन्।

पुरुषतर्फको एकल उपाधिका लागि आइतबार सर्बियाका नोभाक जोकोभिच र अस्ट्रियाका डोमिनिक थियम खेल्दैछन्। 

आइतबार, माघ १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)