शुक्रबार, २२ अगस्ट २०२५

कोरोनाभाइरस: नेपालको पहिलो कोभिड-१९ सङ्क्रमित व्यक्ति पूर्ण स्वस्थ

News Image
• • •

नेपालको पहिलो र एक मात्र कोभिड-१९ अर्थात कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ भएर दैनिक काममा फर्किइसकेका छन्।ती ३१ वर्षीय व्यक्ति चिनियाँ शहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए। वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनु पर्ने अवस्था नआएको उनी बताउँछन्।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।

शुक्रबार, फाल्गुण ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)