नेपालमा ३ विभागीय टोली बाहेक अरु बलियो छैनन्: सावित्रा

दीप सुवेदी

काठमाडाैं

राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी(साम्बा) र मिडफिल्डर अनिता बस्नेत स्वदेश फर्किएका छन्। 

भारतीय महिला लिग (आईडब्लूएल) अन्तरगत शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसी लिग उपाधि जितेको थियो। उपाधि जितैसँगै सावित्रा र अनिता सोमबार स्वदेश फिर्ता भएका हुन्। 

स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सावित्राले नेपालको लिगभन्दा भारतको लिगका कल्ब बलियो भएको बताइन्।  ‘यहाँ ३ वटा विभागीय टोली बलिया हुन्, अरु क्लब त्यस्तो बलियो छैनन् तर त्यहाँ सबै क्लबहरु बलिया छन्। हामीलाई नेपालमा भन्दा भारतमा खेल्न कठिन हुन्छ’, उनले भने।

च्याम्पियन साम्बा भन्छिन्:  अनिता दिदीविरुद्ध मैदान उत्रिँदा असहज महसुस भयाे

उनले भारत खेल्न जानुअघि  पूर्व कल्ब सेथु एफसीलाई जस्तै गोकुलमलाई च्याम्पियन बनाउने नसोचेको बताइन्। उनले भनिन, ‘गत संस्करणमा सर्वाधिक गोलकर्ताका लागि संघर्ष गरेको थिए, तर त्यो पूरा हुन सकेन। त्यसैले यो पटक जसरी पनि पूरा गर्ने लक्ष्य थियो, च्याम्पियन बनेर फर्किन्छु भनेर चाहिँ सोचेको थिइन्।’

सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो। टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले १६ गोल गरिन्।  

यसअघि यी दुवै खेलाडीले माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए। नेपालबाट विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्ने सावित्रा र अनिता पहिलो महिला खेलाडी हुन्।

 

सावित्रा र अनिताले गत वर्ष सेथुबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएका थिए। त्यति बेला सेथुले समूह चरणमा ५ जितसहित लगातार ७ खेलमा विजयी हासिल गरेर लिगको उपाधि जितेको थियो। त्यसक्रममका सेथुले ४५ गोल गरेको थियो। ४५ मध्ये साम्बाले १५ गोलसहित तीन ह्याट्रिक गरेकी थिइन्।

'लगातार २ पटक उपाधि जित्दा खुसी लागेको छ, जति सकिन्छ आफ्नो राम्रो प्रदर्शन गरेँ। सबैको माया र साथका कारण भारतीय लिगमा पनि राम्रो खेल्न सकेँ, यसको श्रेय सबै नेपालीलाई जान्छ,'उनले भनिन्।

उनले पहिले राम्रो प्रदर्शन गरेर टोलीलाई च्याम्पियन बनाए पनि व्यक्तिगत रुपमा कुनै अवार्ड नपाएको गुनासो गरिन्। ‘पहिला सेथुबाट १३ गोल गर्दा केही पाएको थिनँ। त्यसले अलिक नमज्जा लागेको थियो। यो पटक त्यसैका लागि संघर्ष गरेको थिएँ, त्यो सफल भयो,’सावित्राले भनिन्।

प्ले अफमा मै ह्याट्रिक गरेकी सावित्राले उच्च गोलकर्ताको उपाधि हात पार्दा १ लाख भारतीय रुपैयाँ प्राप्त गरेकी थिइन्।

यस्तै उनले पहिलोपटक अनिताविरुद्ध मैदानमा उत्रिँदा केही असहज महसुस गरेको बताइन्।  ‘सेमिफाइनलमा अनिता दिदीसँग खेल्दा मलाई निकै असहज महसुस भएको थियो,’ उनले भनिन्,‘कतै बल दिदीलाई दिन्छु कि भनेर झुक्किरहेकी थिएँ।’

धेरै मौका पाएँ: अनिता

यता अनिताले कल्बमा धेरै मौका पाएको बताइन्। ‘पहिला एउटै क्लबमा थियौं एक जना विदेशी खेलाडीलाई मात्र खेलाउने नियम थियो। यो पटक फरक क्लबमा हुँदा धेरै मौका पाएँ। खेल धेरै खेल्न पाउँदा अनुभव बटुल्न पनि पाएँ,’ उनले भने।

गत वर्ष अनिताले सबै खेलमा मौका पाउन सकिनन्। उनले बैंग्लोरविरुद्ध डेब्यू गर्दा १ गोल गरेकी थिइन्। अनिताले यसवर्ष सेथुको ३ गोलमा उत्कृष्ट असिष्ट गरेकी थिइन्।

उनले यसपटक पनि सेथुलाई च्याम्पियन बनाउने सपना अधुरो रहेको बताइन्।  ‘यो पटक पनि टोलीलाई च्याम्पियन बनाउने भनेर सोचेकी थिएँ तर त्यो पूरा हुन सकेन’,  उनले भनिन्, ‘सेमिफाइनलसम्म मात्र पुग्यौँ।’

सेमिफाइनलमा गोकुलमले साविक विजेता सेथुलाई ३-० गाेल अन्तरले पराजित गरेको थियो। पराजित भएसँगै सेथु अन्तिम चार बाटै उपाधि हाेडबाट बाहिरिएकाे थियाे।

सावित्रा र अनिता महिला लिग खेल्न गत माघ ७ गते भारत प्रस्थान गरेका थिए।

यसअघि यी दुवै खेलाडीले माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए। नेपालबाट विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्ने सावित्रा र अनिता पहिलो महिला खेलाडी हुन्।

सावित्रा र अनिता स्वदेश फिर्ता

हिरो इन्डियन वुमन्स लिग: गोकुलमको लगातार दोस्रो जित,सावित्रा एक्लैले गरिन् ५ गोल

सावित्राले हात पारिन् सर्वाधिक गोलकर्ताको उपाधि

सावित्राको निर्णायक गोलमा गोकुलमले उचाल्याे भारतीय हिरो महिला लिगको उपाधि

गोकुलम र क्रिप्सा फाइनलमा भिड्दै

सावित्रा भण्डारी: भारतीय लिगमा उत्कृष्ट 'डेब्यु' गरेकी नेपाली खेलाडीको रोमाञ्चक यात्रा

प्रकाशित मिति: : 2020-02-18 11:12:53

प्रतिकृया दिनुहोस्