निमित्तका भरमा प्रहरीका महत्वपूर्ण विभाग, बढुवाका लागि दौडधुप

भावी आईजीपीको स्थान सुरक्षित गर्न लडाइँ

अनलाइनखबर

काठमाडाै‌ं

 प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेसँगै प्रहरीमा रिक्त रहेका विभिन्न पदका लागि आकांक्षीको दौडधुप तीब्र बनेको छ । रिक्त रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देखि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मका पदमा आकांक्षीले बढुवाका लागि लबिङ थालेका छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र १९ डीआईजीले २८ माघमा अनिवार्य अवकाश पाएका छन् । त्यसअघि ९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ६ प्रहरी उपरीक्षक (एसपी) र ४५ प्रहरी नायब उपरीक्षकका पदहरु रिक्त भइसकेका थिए । अब एआईजीबाट बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त पद अरु बढ्नेछन् ।

प्रकाशित मिति: : 2020-02-20 02:39:41

प्रतिकृया दिनुहोस्