फरेन्सिक रिपोर्टले भन्याे– नेता राईले बलात्कार गरेका छैनन्

डिल्ली पाण्डे

काठमाडाैं

बलात्कार मुद्दामा समातिएका अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई निर्दोष ठहरिएका छन्।

विधि विज्ञान प्रयोगशाला गरिएकाे जाँचले नेता राईले युवतीलाई बलात्कार गरेको हो भनेर ठहर्‍याउन नसकिने देखाएपछि रिपोर्ट अदालतलाई बुझाइएको छ। 

प्रहरीले वीर्यसहितको तन्ना, राई र पीडित युवतीको वस्त्र, भेजाइनल स्वाबसमेत परीक्षणमा पठाएको थियो। तर, राईको वीर्य संकलित कपडा तथा पीडितको गुप्तांगमा फेला नपरेको रिपोर्टमा उल्लेख छ।

यता अदालतले फरेन्सिक रिपोर्ट नमिले पनि बलात्कार मुद्दामा दोषी ठहर गरेको नजिर छन्।

एक विद्यार्थीलाई देउसी खेल्न बोलाएर राईले आफ्नै साथीको बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा बोलाएर बलात्कार गरेको आरोप छ। पीडित युवतीले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी थिइन्। 

नेता राईले आफ्नै ससुराको कोठामा लगेर करणी गरेको आरोप थियो। राईले युवती र उनकी दिदीलाई पटकपटक धम्की समेत दिएको जाहेरीमा उल्लेख गरिएको छ। 

तर, प्रहरी हिरासतमा रहेका नेता राईले यसअघि बयानकाे क्रममा सहमतिमा नै ती गतिविधि भएको उल्लेख गरेका थिए। उनले आफूलाई फसाउन षड्यन्त्रण गरिएको बताएका थिए। नेता राईले प्रहरीलाई दिएको बयान झुटो लागेमा प्रहरीले पोलिग्राफ टेष्ट समेत गराउन सक्छ। तर, पोलिग्राफको लागि अभियुक्तको स्वकृति अनिवार्य छ।

राई अहिले पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-02-22 10:29:29

प्रतिकृया दिनुहोस्