नुवाकोटमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

नुवाकोटको विदुर नगरपालिकाले निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ। नगरपालिकाले १३ वटै वडामा सो अभियान सन्चालन गरेको हो।

ज्येष्ठ नागरिकले सामान्य उपचार गर्नका लागि पनि सदरमुकाम ध्याउनुपर्ने बाध्यता भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिइन्।

'विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ', प्रमुख पण्डितले भनिन्, 'शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैलालगायत जाँच र  उपचार निःशुल्क हुनेछ।'

घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने नगरपालिकाका उपप्रमुख गीता दाहालको भनाई छ।

प्रकाशित मिति: : 2020-02-24 01:55:27

प्रतिकृया दिनुहोस्