मनाङ बुढासुब्बा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा भारतीय क्लब यूके एफसीलाई २–० गोलले हराउँदै मनाङ फाइनलमा प’गेको हो। धरान रंगशालामा भएको खेलमा मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे।

खेलको २०औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। कमलले प्रहार गरेको कर्नर किकमा विमलले गोल गरे। खेलको २७औं मिनेटमा यूकेएफसीका वाङ्देन तामाङले खराब ट्याकलका कारण पहेँलो कार्ड पाएका थिए।

यस्तै खेलको ३२औं मिनेटमा विपक्षी खेलाडीमाथि ट्याकल गरेपछि अञ्जन विष्टले पहेँलो कार्ड पाए। ४२औं मिनेटमा विमल रानामाथि फल गरेपछि यूके एफसीका कप्तान वीरेन प्रधानले कार्ड पाए।

पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो हाफमा थप एक गोल ग¥यो।  खेलको ५३औं मिनेटमा यूके एफसीले मनाङको पोस्टमा राम्रो प्रहार गरेको थियो। तर, मनाङका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

यसैगरी खेलको ६१औं मिनेटमा गोलकर्ता विमलले खराब व्यवहार देखाएपछि पहेँलो कार्डको सामना गर्नुपरेको थियो।

विमलको स्थानमा रञ्जन विष्ट मैदान प्रवेश गर्दै गर्दा विमलले नजिकै रहेको पानीको बोत्तललाई खुट्टाले हानेका थिए। त्यसपछि रेफ्रीले उनी पहेँलो कार्ड दिए।

खेलको ८२औं मिनेटमा रञ्जनले यूके एफसीका कप्तान वीरेनलाई धकेलेपछि पहेँलो कार्ड पाएका थिए।तर मनाङले खेलको इन्जुरी समयमा गोल थप्यो। एसका लागि दयानन्दले गोल गर्दै २–० गोलको जित दिलाए।

यस जितसँगै मनाङले मछिन्द्र फुटबल क्लब र विभागीय टिम नेपाल पुलिस क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ।
मछिन्द्र र पुलिस क्लबले भोलि हुने दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति: : 2020-02-27 06:52:01

प्रतिकृया दिनुहोस्