
बिएल संवाददाता
एसीसी इस्टर्न रिजन टी २० क्रिकेटको छनोटमा नेपालले आज शनिबार मलेसियासँग खेल्दैछ।
खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो। प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
आजदेखि मार्च ६ तारिखसम्म चल्ने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्याण्ड, मलेसिया, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन्। नेपालले यो प्रतियोगिता जित्ने लक्ष्य लिएको यसअघि नै कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।
नेपालले अब मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ।
थाइल्याण्डमा शुक्रबार सहभागी पाँच वटै देशका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका थिए।
नेपाली टाेली
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया